जिप तिनाउ खोलाबाट निकालियो, वेपत्ता यात्रु अझै फेला परेनन्

news

पाल्पा, २७ असार ।
तिनाउ खोलाले वगाएको जिप घटनास्थलदेखि १५ मिटर तल फेला परेपनि वेपत्ता यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । स्थानीय, प्रहरी, सशस्त्रले खोजी गर्दा जिपको माथिल्लो भाग फेला परेको थियो । सोही अनुसार डोरी लगाएर टोचन र डोजर लगाएर जिप बाहिर निकालिएको थियो ।
अविरल वर्षासंगै तिनाउ खोलामा आएको बाढीले आइतबार राति २ बजे बगाएको जिप खोलाबाट बाहिर निकालिएको हो । सोही जिपमा वेपत्ता चार जना यात्रुभने अझैसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक रमेश पण्डितले बताए । उनीहरुको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।
लु १ ज १२१७ नम्बरको जीप बगाउ“दा बेपत्ता भएका तानसेन नगरपालिका, १ की उषा श्रेष्ठ, माथागढी गाउ“पाकिला, १ चिदीपानी घर भई जिल्ला वन कार्यालयमा कार्यरत तिलवीर गाहा र जिल्ला कृषि विकास कार्यालयमा कार्यरत उनकी श्रीमती माया गाहा साथै बगनासकाली गाउ“पालिका, ३ नायरनमतलेसका पदमबहादुर कंवर मगर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य तिव्र पारिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । बाढीले बगाएको जिप प्रहरी, सेना तथा सशस्त्र र स्थानीयको सहयोगमा बाहिर निकालिएको उनले बताए ।
जिप घटनास्थलदेखि १५ मिटर नजिकै हिलोमा गाडिएको अवस्थामा फेला परेका थियो ।स्थानीय बासिन्दा, आफन्त साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले खोजी कार्यलाई तिव्रता दिएका छन् । जिप चालक श्रेष्ठकी श्रीमतीसमेत वेपत्ता भएकी छन् । तिनाउ कल्भर्टदेखि तल्लो भेग कोलडा“डा, चर्चरे, केराबारी, झुम्सा, दोभानदेखि बुटवलसम्म नै खोजीकालागि खटिएका छन् । उनीहरु खोला किनारमा हेर्दै हिडेका छन् । तानसेन नगरपालिका, ९ र माथागढी, ३ जोड्ने तिनाउ खोलाको कल्र्भटबाट सोमबार बिहान २ बजेतिर जिप र सवार चार यात्रु वगाएको हो ।

विवाहको भोजमा गएर फर्किदै गर्दा तिनाउ खोलाको बाढीमा फसेका हुन् । माथागढी, २ रुप्सेबाट रातीको समयमा तानसेन आउदै गर्दा तिनाउ खोलाको कल्भर्टमा आइपुग्दा एक्कासी स्टार्ट बन्द भएर पानीमा फसेको थियो । चालक श्रेष्ठले रातीको समयमा पानीको सतह ख्याल गर्न नसकेको बताए । ‘सकिन्छ भनेर खोला तार्न खोज्दा घटना घटेको हो,’ उनले भने । कल्भर्ट केही होचो भएकाले पानीको सतह थाहा हुन सक्ने अवस्था थिएन । खोलाको बिचमै पुग्दा साइलेन्सर पाइपमा पानी पसेर स्टार्ट बन्द भएको उनले बताए । केही समय प्रयास गरेपनि उद्दारकालागि आफन्त र प्रहरीलाई खबर गरेको उनले बताए ।

यसैबिच, जिल्लाको पूर्व भेगस्थित अरुण खोलाले बगाएका एक बालकको १५ घण्टापछि उद्दार गरिएको छ । बाढीले वगाएर खोलाको बीच भागमा अलपत्र परेका उनको जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । निस्दी गाउ“पालिका, ४ मित्याल गोठडा“डाका १० वर्षीय रजिन सुनारीलाई खोलाको बीचबाट उद्दार गरिएको स्थानीय धनबहादुर ठाडाले बताए । सोमबार दिउ“सो ३ बजे पौडी खेल्न गएका सुनारीलाई एक्कासी पानीको बहाव बढेपछि खोलाले बगाएको उनले बताए । २ सय मिटर बगाएपछि उनी खोलाको बीच भागमा थुप्रिएको ढुंगाको सानो टापुमा अड्किएकाले उद्दार गर्न सहज भएको प्रहरीले जनाएको छ । आफन्तले देखेपछि उनलाई बाढी कम नहुदासम्म उद्दार गर्न सकिएने थिएन । निरन्तरको प्रयासपछि मंगलबार प्रहरी र स्थानीयको सहयोगमा बुधबार बिहान ६ बजे बालकको सकुशल उद्धार गरिएको हो ।

उता, तानसेन नगरपालिका, ७ सालघारी बस्ने लेख बहादुर कार्कीको जस्ताले छाएको तीनतले कच्ची घर अविरल वर्षाको कारण घर भत्केको छ । घरको पुर्व साईडको पर्खाल भत्किन जाँदा घरको एउटा कोठा पुर्ण रुपमा क्षति भएको छ । कोठामा रहेको अन्नपात लत्ताकपडा पुरिएको प्रहरीले जनाएको छ । यहाँ मानवीय क्षति भएको छैन । उक्त विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटाएर उद्दार र सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए । यस्तै, रैनादेवी छहरा गाउँपालिका, ८ सत्यवती खुर्साने बस्ने बिष्णु बहादुर वि.क.को खरले छाएको एक तले कच्ची गोठ र जस्ताले छाएको कच्ची चर्पी अविरल वर्षाको कारण पहिरोले बगाएको छ ।