साउन २५ सम्म नगरसभा

news

बुटवल , असार २७ – दोस्रो चरणको चुनाव भएका स्थानीय तहको नगररगाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।
दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगररगाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी गराउनुभयो । मन्त्रालयले पहिलो चरणको चुनाव भएका २८६ स्थानीय तहको यही असार २५ गतेदेखि ३० सम्म निर्देशन दिएको छ ।
ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर÷गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले सञ्चालन गर्ने उक्त अभिमुखीकरण तालीममा यस पटकदेखि कार्यकारी अधिकृतलाई समेत सहभागिता गराइने छ । – रासस