कश्मीरमा सात तीर्थयात्रीको मृत्यु

असार २७-
भारत-प्रशासित कश्मीरमा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सात जना हिन्दु तीर्थयात्रीहरु मारिएका छन्।ज्यान गुमाउनेमध्ये ६ जना महिला रहेका छन्। कश्मीर भारतको एक मात्र मुसलमान बहुल राज्य हो। अनंतनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले सुरक्षाकर्मीहरु चढेको गाडीहरुमाथि हमला गरेका थिए।उक्त स्थान वर्षेनी लाखौँ हिन्दु तीर्थयात्रीहरुले मेला भर्न जाने गरेको अमरनाथ गुफा भन्दा ८० किलोमिटर वरै पर्छ।