रुपन्देहीमा कर असुली बढ्यो

बुटवल,असार २६-
रूपन्देहीको सिद्धार्थनगर र आसपासका क्षेत्रमा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ । आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ ।
गत साउनदेखि जेठ मसान्त सम्मका ११ महिनामा ७ अर्व ११ करोड ११ लाख राजश्व संकलन भएको कार्यालयका प्रमुख महाराजाप्रसाद कोइरालाले जानकारी दिनुभयो । बिभागले यो कार्यालयलाइ जेठ सम्मका लागि  ६ अर्व ७५ करोड ८७ लाख राजश्व संकलनको लक्ष्य दिएको थियो । कार्यालयले एघार महिनामा लक्ष्य भन्दा ३५ करोड २३ लाख बढी राजश्व संकलन गरेको हो । गतबर्षको तुलनामा राजश्व असुलीको बृद्धिदर भने ११ प्रतिशत रहेको कार्यालयका प्रमुख कोइरालाले बताउनु भयो । पछिल्ला केहीबर्ष यता रुपन्देहीमा राजश्व बृद्धिदर राम्रो रहेको र आगामी दिनमा अझ बढने कोइरालाले बताउनु भयो ।