आईसीसी महिला विश्वकप क्रिकेटमा भारतको पहिलो हार

news

असार २५-
भारतले इंग्ल्यान्ड  र वेल्समा जारी आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा पहिलो हार बेहोरेको छ । पछिल्लो चार खेलमा पराजित रहेको भारत शनिबार राति दक्षिण अफ्रीकासँग ११५ रनले पराजित भएको हो ।
इंग्ल्यान्डको लेष्टरमा दक्षिण अफ्रीकाले दिएको २७४ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा अलआउट हुँदै १५८ रनमा समेटियो । यो जितसँगै दक्षिण अफ्रीकाले शिर्ष चार रहदै अर्को चरण पुग्ने सम्भावना कायम राखेको छ । चौथो स्थानको दक्षिण अफ्रीकाले ५ खेलबाट ७ अंक जोडेको छ । यता, पराजित भारतले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित भएपनि दोस्रो स्थानको भारतको अर्को चरणको यात्रा बलियो रहेको  छ ।