रुपन्देहीमा लागु औषध सहित ३ जना भारतीय नागरिक पक्राउ

बुटवल, असार २२
रुपन्देहीमा लागु औषध सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । आँप लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट लागु औषध सहित तीन जना भारतीय नागरिकलाई प्रक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । यु पी ४२ ए टि ५८ नम्बरको मिनी ट्रकमा आँप लिएर आएको ट्रक चेकजाँच गर्दा कोरेक्स नामक लागु औषध फेला परेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्जका २३ वर्षका मोहम्मद सलिम, २५ वर्षका गुडु सिंह र २२ वर्षका असपाक अहमत रहेका छन् ।