मौद्रिक नीति सार्वजनिक

news

बुटवल, असार २५-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षमा मुद्रास्फीति ७ प्रतिशतभित्र सिमित गर्ने लक्ष्य लिएको छ । सो अवधीमा सरकारले तय गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याउने गरी आवश्यक तलरता व्यवस्थापन गरिने बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले आज आर्थिक बर्ष २०७४ र ७५ को मौद्रिक नीति सार्वजनिक गर्दै मुद्राप्रदाय वृद्धिदर १८ प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य लिएको छ । आगामी बर्ष कुल आन्तरिक कर्जा २७ दशमलव ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जिवी नेपालले वाणिज्य बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश अर्को बर्ष असारसम्म ४५ प्रतिशत कायम गुर्नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत आवासीय घरकर्जाको सीमा १ कारोडबाट बढाएर १ करोड ५० लाख पु¥याइएको छ । यस्तै, निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याएको छ । साथै, व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा सो सीमा ८० प्रतिशत कायम गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।