साना उद्योगसम्बन्धि गोष्ठी

news

बुटवल, असार २१-
नेपालमा लघु, साना तथा मझौला उद्यमीहरुको विकाससम्बन्धि अन्तराष्ट्रिय कार्यशाला गोष्ठी आजबाट सुरु भएको छ । एशियन मुलुकहरुले लघु, साना तथा मझौंला उद्योग विकासका लागि अंगीकार गरेका नीति, व्यवस्था र कार्यक्रमका विषयमा जानकारी दिने उद्देश्यका साथ तिन दिने गोष्ठी आयोजना गरिएको हो ।
ललितपुरमा आयोजित गोष्ठीको उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले नेपाल उद्योग क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउन लागि परेको बताउनु भयो ।
उहाँले उद्योगका लागि आवश्यक लगानी, जनशक्ति व्यवस्थापन, प्रविधि हस्तान्तरण र बजारीकरणको काममा सरकारले सहजकर्ताको रुपमा भूमिका निर्वाह गरिरहेको दावी समेत गर्नु भयो ।