कतारमाथिको प्रतिवन्धमा थप कडाइ

news


असार २१-
कतारमाथि प्रतिबन्ध लगाएका बहराइन, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीबीच करिब एक महिनापछि छलफलका लागि भेटवार्ता हुँदैछ । कतारलाई दिइएको १३ बँुदे मागको समय सकिनै लागेको दिन कायरोमा हुन लागेको उक्त बैठकमा यी देशका विदेश मन्त्री भाग लिँदैछन् ।
ती देशहरुले राखेको शर्त नमानेको खण्डमा कतारमाथि अरुपनि प्रतिवन्ध लाग्नसक्ने बताइएको छ ।
साउदी लगायतका देशले कतारको समाचार संस्था अलजजिरा बन्द र इरानसँगको सम्बन्ध अन्त्य लगायतका माग राखेका छन् । जसलाई कतारले अव्यवहारिक भन्दै आएको छ । कतारमाथि आतंकवादको समर्थन गरेको र यस क्षेत्रमा अस्थिरता बढाएको ती देशले आरोप लगाएका छन् । कच्चा तेलको धनी कतारमाथि उनीहरुको प्रतिवन्धको गम्भीर असर देखिन थालेको छ ।