मनोनयन दर्ता

news

बुटवल, ४ असार-
निर्वाचन आयोगको स्थानीय कार्यलयमाहरुमा मनोनयन दर्ता भएको छ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनलाई लक्षीत गरी आज मनोनयन दर्ताको समय छुट्टाइएको हो । विहान ८ बजे देखि अपरान्न ४ बजे सम्म मनोनयन दार्ता जारी रहने निर्वाचन कार्यलयले जनाएको छ 
यता
एक उपमहानगर, ५ नगर र १० गाउपालिका रहेको रुपन्देहीमा आज बिहान ८ बजेदेखि मनोनयन दर्ताशान्तिपुर्णरुपमाभएको छ ।
बुटवल उपमहानगर सहित सबै नगर र गाउपालिकामा बिना अवरोध शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले जानकारी दिनुभएको छ ।
बुटवल उपमहानगरपालिकामा राष्टिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले उम्मेद्धारी दर्ता गरीसकेको छन । त्यस्तै तिलोत्तमा नगरपालिकामा राष्टिय जनमोर्चा र नया शक्ति नेपाल पार्टीले मनोनयन दर्ता गरीसकेका छन ।
अन्य स्थानिय तहमा पनि साना दलले मनोनयन दर्ता गराउदै छन भने प्रमुख दलले शक्ति प्रर्दशन सहित मनोनयन दर्ता गराउने तयारी छन ।