च्याम्पियन्स ट्रफी क्रिकेट : भारत र पाकिस्तान भिड्दै

news

असार ४-
भारत र पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट आज भिड्दै छन् । आज दुई देशबीच फाइनल खेल हुँदैछ । २० करोड मानिसले हेरेको च्याम्पियन्स ट्रफी इतिहासमा पहिलो खेल हो ।  डिफेन्डिङ च्याम्पियन भारतले सेमिफाइनलमा बिहीबार बंगलादेशलाई ९ विकेटले हराएर च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने पक्का गरेको थियो । फाइनल आइतवार ओभलमा हुँदैछ ।
पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल्दैछन् यी दुई टीम ।
आइसीसी टुर्नामेन्टमा भारत पाकिस्तान यो दोस्रो पटक फाइनल खेल हुँदैछ । यस अघि दक्षिण अफ्रिकामा भएको वल्र्डकपमा भारत पाकिस्तानवीच फाइनल भीडन्त भएको थियो ।