यस क्षेत्रमा पनि उम्मेद्धारी मनोनयन

news

बुटवल, असार ४
आज उम्मेद्धारी दर्ता हुने भएपछी प्रमुख दलहरु यस क्षेत्रमा पनि उम्मेद्धारी मनोनयनका लागि उत्साहजनक रुपमा सहभागि हुदैछन् । आज  बिहानैदेखि पार्टि कार्यकर्ता सहित निर्वाचन कार्यलयमा मनोनयन दर्ताका लागि दलहरु जने तयारी गरेका छन् ।
यसैविच बुटवल उपमाहानगरपालिकामा संयुक्त रुपमा उम्मेद्धारी घोषणा गरेका नेपाली काग्रेस र माओवादी केन्द्रले बुटवलमा उम्मेद्धारी दर्ता गर्दै छन् । एमालेले आज एकल रुपमा मनोनयन दर्ता गर्दैछन् । त्यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टि जनगणतान्त्रिक मोर्चा लगाएत केही स्वतन्त्र उम्मेद्धारहरुले पनि मनोनयन दर्ताको तयारी गरेका छन् ।
यता तिलोत्तमामा पनि मनोनयनका लागि दलहरु तयारी गरेका छन् । तिलोक्तमामा चुनावी एकता गरेका कांग्रेस र जनमुत्तिले संयुक्त रुपमा मनोनयनको तयारी गरेका छन् । त्यस्तै एमाले, माओवादी केन्द्र लगाएतका पार्टिहरु पनि मनोनयनको तयारी गरेका छन् ।