अनुदानविनाको मल विक्रि गर्ने तयारी

news

बुटवल, असार ४-
सरकारले पहिलोपटक अनुदानविनाको मल विक्रि गर्ने तयारी थालेको छ । त्यसका लागि ८ हजार मेट्रिक टन मल आयात भएको छ । जसमध्ये ३ हजार ५ सय मेट्रिक टन डीएपी र ४ हजार ५ सय मेट्रिक टन अल्मोनियम सल्फेट मल ल्याउन लागिएको र सबै मल एक दुई दिनभित्र आइपुग्ने साल्ट ट्रेडिङले बताएको छ । कृषि विकास मन्त्रालयको कुल २७ अर्ब रुपैयाँ बजेटमध्ये ४ अर्ब ६३ करोड रुपैयाँ मल खरिदका लागि छुट्याईएको हो ।