तिनाउँको झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु

रुपन्देही, असार ३ – बुटवलमा पुलबाट खसेर एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार बुटवल–१३ बेलबासमा तिनाउँ नदीको झलुङ्गे पुलबाट खसेर तीन वर्षकी बालिका अतिथि गैरेको ज्यान गएको हो ।

पुलबाट खसेपछि घाइते भएकी बालिका गैरेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा ज्यान गएको आफन्तले बताएका छन् ।